मन्त्रीले साइकल चलाएर शुरु गरे, टुर दि ठाकुरद्वारा
नेपालगन्ज – नेपालगन्ज साइक्लिङ क्लवले अायाेजना गरेकाे टुर दि ठाकुरद्वारा साइकल यात्रा बागेश्वरी मन्दिरबाट शुरु गरिएकाे छ ।
लुम्बिनी प्रदेशका उद्याेग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्याैपाने, सांसद एवं राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले साइकल चलाएर टुर दि ठाकुरद्वाराकाे उद्घाटन गरे ।
साे अवसरमा मन्त्री न्याैपानेले यसप्रकारकाे साइकल यात्राले पर्यटन प्रवर्धनमा टेवा पुर्याउने बताए ।
सांसद डा. राणाले टुर दि ठाकुरद्वाराजस्तै नेपालगन्जदेखि रारासम्मकाे कार्यक्रम बनाउदा अझ राम्राे हुने बताए ।
बांके र बर्दियाकाे धार्मिक पर्यटनस्थलकाे प्रचार प्रसारका लागि क्लवले बर्सेनि टुर दि ठाकुरद्वारा अायाेजना गर्ने गर्दछ । यसपाली नेपाल, भारत र चीनका गरि १ सय ४० जना सहभागी रहेका छन् ।
नेपालगन्जकाे प्रसिद्व शक्तिपीठ बागेश्वरी मन्दिरबाट शुरु भएकाे टुर दि ठाकुरद्वारा करिव सय किलाेमिटरकाे यात्रा गरि बर्दियाकाे ठाकुरद्वारा पुगेर समापन हुनेछ । विश्वसाइकल यात्री पुष्कर शाहसहित भारतका २९ र चीनका एक जना टुर दि ठाकुरद्वारामा सहभागी छन् ।
साइकल इभेन्टमार्फत लुम्बिनी प्रदेश सरकारले घाेषणा गरेकाे घुमाै बर्दिया ठाकुरद्वारा २०२५ कार्यक्रमलाई सघाउ पुग्ने क्लवका अध्यक्ष प्रदीप सापकाेटाले विश्वास व्यक्त गरे ।
टुर दि ठाकुरद्वारा कार्यक्रमले बांके र बर्दियाकाे धार्मिक पयर्टकलाई बढावा दिने गरेकाे कार्यक्रम संयाेजक सुरेन्द्रदीप कार्कीले बताए ।
२७ लाख रुपैया अनुमानित खर्च रहेकाे टुर दि ठाकुरद्वाराकाे रुट बागेश्वरी मन्दिरबाट शुरु भएर नेपालगन्ज बजार परिक्रमा पछि काेहलपुर, केदारेश्वर धाम बांसगढी, सतखलवा, बैदी, बबई हँदै ठाकुरबाबा मन्दिरसम्मकाे सय किलाेमिटर रहेकाे छ ।