टुर दि ठाकुरद्वारामा भारत र चीनका साइकलयात्री सहभागी हुँदै
नेपालगन्ज – नेपालगन्ज साइक्लिङ क्लवले अायाेजना गरेकाे टुर दि ठाकुरद्वारामा नेपाल, भारत र चीनका गरि करिव दुई सय जना सहभागी हुने भएका छन् ।
बांके र बर्दियाकाे धार्मिक पर्यटनस्थलकाे प्रचार प्रसारका लागि क्लवले बर्सेनि टुर दि ठाकुरद्वारा अायाेजना गर्दै अाएकाे छ । माघ २५ र २६ गते हुने टुर दि ठाकुरद्वाराकाे साताै संस्करणमा भारतका २९ जना र चीनका एक जनासहित करिव दुई सय जना सहभागी हुने क्लवका अध्यक्ष प्रदीप सापकाेटाले जानकारी दिए ।
नेपालगन्जकाे प्रसिद्व शक्तिपीठ बागेश्वरी मन्दिरबाट शुरु हुने टुर दि ठाकुरद्वारा करिव सय किलाेमिटरकाे यात्रा गरि बर्दियाकाे ठाकुरद्वारा पुगेर समापन हुनेछ ।
साइकल इभेन्टमार्फत लुम्बिनी प्रदेश सरकारले घाेषणा गरेकाे घुमाै बर्दिया ठाकुरद्वारा २०२५ कार्यक्रमलाई सघाउ पुग्ने विश्वास गरिएकाे छ ।
टुर दि ठाकुरद्वारा कार्यक्रमले बांके र बर्दियाकाे धार्मिक पयर्टकलाई बढावा दिएकाे कार्यक्रम संयाेजक सुरेन्द्रदीप कार्कीले बताए ।
क्लवले मेयर कप साइकल दाैडजस्ता प्रतियाेगिता पनि गर्दै अाएकाे छ ।