“जाउ है पाेखरा”काे टाेली नेपालगन्जमा
नेपालगन्ज – आन्तरिक पर्यटन प्रवर्द्वन अभियानकाे प्रचार प्रसार गर्न पाेखराकाे टाेली नेपालगन्ज अाएकाे छ ।
“जाउ है पाेखरा” भन्ने नाराका साथ हाेटल संघ पाेखराकाे टाेली नेपालगन्ज अाएकाे हाे ।
सन् २०२५ लाई पाेखरा महानगरपालिकाले पाेखरा भ्रमण वर्ष घाेषणा गरेकाे छ । २२ वर्ष हाेटल संघ पाेखराले याे अभियान थालेकाे र अभियानले गर्दा नै ठूलाे संख्याका पर्यटन व्यवसायी पलायन हुनबाट राेकिएकाे संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
१२ वर्षे सशस्त्र द्वन्द्व, नाकाबन्दी र काेभिड प्रभावलाई हटाएर पुरानै लयमा पाेखराकाे पर्यटन व्यवसायलाई फर्काउन नेपालका विभिन्न शहरदेखि भारतीय शहरमा अभियान लिएर पुगेकाे अध्यक्ष सुवेदीले बताए ।
उनका अनुसार, पाेखरामा एक हजार दुई सय बढी व्यवसायी छन । एकैदिन ४० हजार पर्यटकलाई राख्न सकिन्छ ।
पाेखरा र लुम्बिनीलाई कनेक्सन गर्न सकेमा दुवैतर्फका व्यवसायीलाई फाइदा हुने व्यवसायीकाे भनाइ छ ।
लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी नमुना, नरैनापुर गाउँपालिकाका प्रमुख ईस्तियाक अहमद शाह, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, हानका अध्यक्ष दिवाकर खनाल, पर्यटन प्रवर्द्वन मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठलगायतले पाेखरा गएका पर्यटकलाई नेपालगन्ज र यहाँ अाएका पर्यटकलाई पाेखरा जाने वातावरण बनाउनु पर्ने बताए ।
पाेखराबाट २० जनाकाे टाेली बुटवल, नेपालगन्ज, सुर्खेत र दाङ जिल्ला भ्रमणमा निस्किएकाे छ ।