पत्रकारकाे निशुल्क आँखा जाँच
नेपालगन्ज – चाैथाे गाैरव स्मृति दिवसकाे अवसरमा बाँकेका पत्रकारकाे आँखा जाँच गरिएकाे छ ।
गाैरव स्मृति तथा बि. याेर सेल्फ फाउन्डेसनले नेपाल पत्रकार महासंघ, बाँकेसँग समन्वय गरेर पत्रकारकाे निशुल्क अाँखा जाँच तथा चश्मा र अाैषधी वितरण गरेकाे हाे ।
साे अवसरमा बाँकेका १ सय ९४ जनाकाे अाँखा जाँच गरिएकाे छ भने ९१ जनालाई निशुल्क चश्मा र अाैषधी वितरण गरिएकाे छ ।
गाैरव शाहले बि. याेर सेल्फ फाउन्डेसन सञ्चालन गर्थे । चार वर्ष अघि उनकाे मृत्यु भएपछि उनकाे नामलाई जाेडेर संस्था चलाइएकाे छ । संस्थाकाे संरक्षकमा प्रदीप शाह र अध्यक्ष मधु शाह छन् । संस्थाले सामाजिक र मानवीय काम गर्दै अाएकाे छ ।
अाँखा जाँच अघि उद्घाटन कार्यक्रममा संरक्षक प्रदीप शाह, अध्यक्ष मधु शाह, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, समाजसेवी हरिष गुप्ता र शिवकुमार बर्माले गाैरवले संस्थामा गरेकाे याेगदानकाे चर्चा गरेका थिए ।