भारतबाट आएका व्यक्तिमा काेराेना
नेपालगन्ज – भारतबाट आएका व्यक्तिमा काेराेना देखिएकाे छ ।
भारतकाे देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारुलाई काेराेना देखिएकाे हाे ।
स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले भारतबाट आएका थारुलाई आरडीटी जाँच गर्दा काेराेना देखिएकाे बताए । काेराेना देखिएपनि थारुमा कुुनै लक्षण नदेखिएकाे श्रेष्ठले बताए । लक्षण देखिएमा भेरी अस्पतालमा लगेेर पीसीआर गर्ने गरिन्छ । थारुलाई मास्क दिएर घर पठाइएकाे छ ।
भारतमा काेराेना देखिएपछि नेपालगन्ज नाकामा भारतबाट आएका शंकास्पद व्यक्तिलाई काेराेना जाँच्ने गरिन्छ ।