उपमहानगरपालिकाले गरिदियाे `ग´ वर्गका अपाङ्गताकाे बिमा


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले ´ग´ वर्गका अपाङ्गताकाे बिमा गरिदिएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर एवं अपाङ्गता समन्वय समितिका संयाेजक कमरुद्विन राई, स्वास्थ्य बिमा बाेर्डका जिल्ला संयाेजक रमेश अाचार्य, महिला तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्राकुमारी पुरी, अाशाकुमारी शाहीले ग वर्गका अपाङ्गता भएका व्यक्तिलाई बिमा कार्ड वितरण गरेर बिमाकाे सुरुवात गरेका थिए । अहिले कार्ड दिएपनि उपचार सेवा भदाैदेखि लागु हुने बताइएकाे छ ।
सरकारले क र ख वर्गका अपाङ्गता भएका व्यक्तिकाे बिमादेखि सामाजिक सुरक्षा भत्ताकाे व्यवस्था गरेकाे छ । सेवा सुविधाबाट बन्चित रहेका ग वर्गका अपाङ्गता भएका व्यक्तिलाई नेपालगन्ज उपमहानगरपालिकाले बिमामा जाेडेकाे छ । उनीहरुकाे बिमाकाे रकम उपमहानगरपालिकाले तिरिदिनेछ । ग वर्गका अपाङ्गताकाे बिमा गरिएकाे लुम्बिनी प्रदेशमा पहिलाे भएकाे सम्बद्घले दावी गरेका छन् ।
साे अवसरमा मेयर विष्टले अपाङ्गता भएका व्यक्तिलाई अझ बढी सेवा सुविधा दिन उपमहानगरपालिका लागिपरेकाे बताए । उनले अलबिनाे भएका व्यक्तिकोसमेत बिमा गरिदिने खुलाए ।
उपमेयर राईले प्रत्येक वर्ष नै बिमा गर्दै जाने बताए ।
उपमहागरपालिकाले गरिदिएकाे बिमा कार्ड लिएर सरकारी अस्पतालमा जादा १० प्रतिशत र निजी अस्पतालमा गएमा २० प्रतिशत रकम बिमितले तिर्नुपर्ने नियम रहेकाे छ ।
नेपालगन्जमा अहिले कार्ड लिएका १ सय ९२ जना ग वर्गका अपाङ्गता भएका व्यक्ति रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !