युनाइटेड एफसीले जित्याे ५० हजारकाे फुटसल
नेपालगन्ज – नेपालगन्जमा सञ्चालन भएकाे प्रथम उपमेयर कप फुटसल प्रतियाेगिताकाे उपाधि युनाइटेड एफसीले जितेकाे छ ।
नेपालगन्ज उपमहानगरपालिकाकाे अार्थिक सहयाेगमा एफसी संघारीले अायाेजना गरेकाे प्रतियाेगितामा पाई इन्स्टीच्यूटलाई ६-० गाेलले पराजित गर्दै युनाइटेडले उपाधि जितेकाे हाे । उपाधिसँगै युनाइटेडले ५० हजार रुपैयाँ पुरस्कार पाएकाे छ । द्वितीय भएकाे पाई इन्स्टीच्यूटले २५ हजार पाएकाे छ ।
नेपालगन्जकाे अादर्शनगरमा रहेकाे बागेश्वरी फुटसलमा जेठ २५ गतेदेखि प्रतियाेगिता सञ्चालन भएकाे थियाे ।
प्रतियाेगिताका विजेता, उपविजेता टीम तथा खेलाडीलाई नेपालगन्जका उपमेयर कमरुद्विन राई, प्याब्सनका जिल्ला अध्यक्ष विकास बज्राचार्य, नगर अध्यक्ष मानबहादुर थापा, एफसी संघारी क्लवका अध्यक्ष विक्रम पाण्डे, जसपाका प्रदेश सचिव नेता राजन रानामगर, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष काैशल धाेवी, प्रतियाेगिताका संयाेजक गाेविन्द सलामीमगरलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियाेगिताकाे उद्घाटन अघि पत्रकार र अायाेजकका विचमा मैत्रीपूर्ण खेल खेलिएकाे थियाे । जसमा पत्रकारकाे टीम विजयी भएकाे थियाे ।