छात्रमा धम्बाेझी र छात्रामा आदर्श प्रथम

नेपालगन्ज – नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ आदर्श मावि र पुरुषतर्फ धम्बोजी मावि प्रथम भएका छन्।
नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाइनल खेलमा आदर्श माविले युनाइटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो। जय बागेश्वरी मावि सगरमाथा माविलाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो भयो ।
पुरुषतर्फ धम्बोजी मावि जय जनता मावि थपुवालाई २५-१६, २५-१६ ले पराजित गर्दै प्रथम भयो ।
मंगल प्रसाद मावि युनाइटेडलाई २५-१८, २४-२६ र २५- २२ ले पराजित गर्दै तेस्रो भयो ।


दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका धम्बोजी माविका श्यामलाल बिश्वकर्मा पुरुषतर्फ र आदर्श माविकी ग्रेष्ना चिलवाल महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए।
बिजयी हुने टीमलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् ओलम्पियन सुरेन्द्र हमाल, समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकी, ओलम्पियन पार्वती थापालगायतले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए।
पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो।
प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको समाजका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !