फाइनल समीकरण पूरा
नेपालगन्ज – नेपालगन्जमा जारी प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ।
महिलातर्फ युनाइटेड र आदर्श मावि तथा पुरुषतर्फ धम्बोजी मावि र जय जनता फाइनलमा प्रबेश गरेका छन्।
महिलातर्फ बिहीबार भएको सेमीफाइनल खेलमा युनाइटेडले सगरमाथालाई २५-९, १९-२५ र २५-१६ ले तथा आदर्श माविले जय बागेश्वरीलाई २५-१५, २५-१७ ले पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन्। सेमीफाइनलमा पराजित सगरमाथा र जय बागेश्वरी तेस्रो स्थानका लागि भिड्ने छन्।
पुरुषतर्फ भएको सेमीफाइनल खेलमा धम्बोजी माविले युनाइटेडलाई २५-२२, २५-२१ ले तथा जय जनताले मंगल माविलाई २७-२५, २५-१४ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका छन्। पराजित हुने युनाइटेड र मंगल तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । भोलि बिहान तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे फाइनल खेल हुने प्रतियोगिता संयोजक राकेश श्रीवास्तवले जानकारी दिए ।
पूर्व खेलाडी समाज, बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता सञ्चालनमा भइरहेको छ।
जेठ ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको छ । नक आउट प्रणालीका आधारमा खेलाइएको उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्ब खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन ।