डोनाल्ड ट्रम्प र विश्व राजनीति
सुनपानी डेस्क – अमेरिका उसै पनि संसारकै चर्चामा रहने राष्ट्र, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले संसार भरी चर्चाको शिखरमा छन् कारण हो, उनीमाथिको महाभियोगको आरोप ।
कुनै बेला ट्रम्पको चुनावमा अनपेक्षित जीत पछि अब उनले अख्तियारी गर्ने नीति के होला, कसो होला भनेर पुरै विश्व अलमलमा परेको अवस्था पनि थियो ।
ट्रम्पले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीलाई आक्रोपूर्ण पत्र लेखे, उनले ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा आफूलाई गरिएको व्यवहार १७ औँ शताब्दीमा जाटुटुनालाई गरेजस्तो भएको बताएका छन् । पेलोसीलाई लेखिएको पत्रमा उनले अमेरिकी प्रजातन्त्रमाथि खुल्ला युद्धको घोषणा गरेको तर्क अघि सारे ।
यसैबीच उनै ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको टेलिफोन वार्ताले संसारभरीका सञ्चार माध्यममा प्राथमिकता पाएको विषय चर्चामा रह्यो । दुई शक्तिशाली देश रणनीतिक र व्यापारीक दृष्टिकोणले सहकार्य गर्न इच्छुक रहेको संकेत थियो । टेलिफोन वार्ता फगत औपचारीकता मात्रै हो भन्नु मुर्खता होला । त्यसैगरी राष्ट्रपति ट्रम्प र भ्लादमीर पुटिनसँगको सम्पर्कले पनि रुससँगको सम्बन्धलाई दिइने महत्व झल्कन्छ ।
कतिपयले अमेरिकामा जो सत्तामा पुगेपनि नेपालीलाई किन चासो भनेर सतही कुरा र तर्क गरिरहदा हामी त्यो प्रभावबाट दिर्घकालीन रुपले वा अप्रत्यक्ष ढगंले अछुतो रहन सक्दैनौं भन्ने कुरालाई आत्मसाथ गर्न सकौं ।
अर्थतन्त्रका दुई शक्ति केन्द्र देश चीन र अमेरिकाबीच कहाँ कति समझदारी र सहकार्य हुन्छ यो यसै भन्न सकिंदैन तर रणनीतिक रुपमा सुरक्षा र सैन्य गतिविधिमा भने पक्कै भिन्नता रहलान् आँकलन गर्न सकिने कुरा हो । जुन कुरा जापानदेखि पाकिस्तान वा खाडीदेखि मध्य पूर्वसम्म फैलिएला । त्यतिमात्रै नभएर युरोपेली युनियन र अन्य एशियाली मुलुकहरुसँग पनि ट्रम्प नीतिको प्रभाव छ ।
निर्वाचन प्रचारको अभियानका ताका जस्तो रवैया के साँच्चिकै राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा लागु गर्न त सकेनन् तर पहिलो कार्यकालको अन्तिम अवधिमा उनीमाथि लगाउन थालिएको महाभियोगको विषयले विश्व समुदायमा पर्ने प्रभाव एउटा सोचनिय विषय नै हो । यो एउटा विश्व समुदायको साझा प्रश्नका रुपमा खरो रुपले तेस्रिएको छ ।
निर्वाचन अभियानका क्रममा खासगरी आप्रवासीहरुको विषयमा र चीनलाई मुख्य शत्रुको संज्ञा दिएको विषय अनि मुस्लिम समुदाय र हिन्दु समुदाय प्रतिको उनको धारणा उनको परीक्षाका कडिका रुपमा लिन सकिएला तर सत्ता सञ्चालन उनी एक्लैले गरेका भने पक्कै होइन । त्यहाँको मेकानिज्मले सञ्चालन गर्ने विषय हो । राष्ट्रपति ट्रम्पले आफ्ना नीति र कार्यक्रम त्यहाँको आवश्यकतालाई हेरेर बनाएका त थिए होलान नै हामीलाई त्यो विषय उति महत्वको पक्कै होइन । तर हामीलाई उनीले अख्तियारी गर्ने विदेश नीति अझैं त्यसमा पनि गरिव देशहरुको सम्बन्धमा कस्तो रवैया अपनाए भन्ने मात्रै हो । सिनियर बुस, जर्ज डब्लु बुस जुनियर र बिल क्लिन्टन र पछिल्लो पटक बाराक ओबामाहरुका नीतिहरुमा हाम्रालागि तात्विक भिन्नता थिएनन, त्यो पनि हामी जस्ता गरिब देशहरुकालागि । हामी जस्ता देशहरुलाई कुनै अर्को देशको रिफ्रेन्सको आधारमा नीति तथा व्यवहार नभइदिए हाम्रालागि त्यही फलदायी कुरा हुने थियो । अहिले त्यो आशा नगरौं ।
जसरी चुनावी अभियानमा उनलाई चित्रण गरियो एउटा सन्की र आफ्नो मनोमानि ढगंले चल्ने व्यक्ति भनेर । कतिपय अवस्थामा उनीले त्यही रवैयाले सत्ता सञ्चालन पनि गरे । तर उनले सपथ पहिले नै रिपब्लिकन नेसनल कमिटिका अध्यक्ष समेत रहेका रेन्स प्रिबसलाई आफ्नो प्रमुख कर्मचारी र न्युज नेट वर्कका कार्यकारी अध्यक्ष बनोट ब्रेटबार्टलाई रणनीतिकारको रुपमा नियुक्त गरे । पछि धमाधम उनका सल्लाहकारहरु हटाइँदा उनको कार्यशैलीको विरोध तिव्र रुपमा बढ्यो । यसले के देखाउँछ भने आफ्नै पार्टी भित्र आलोचना खेपि रहँदा जसरी भारतमा लालकृष्ण आडवाणीलाई विस्थापित गर्दै मोदी उदाए त्यसरी नै अमेरिकामा नव राष्ट्रपति ट्रम्प पनि स्थापित भए । जब उनीमाथि महाभियोग लाग्यो अमेरीकाको इतिहासमा गजबको हलचल भइरहेको छ ।
एउटा अर्को प्रसंग छ जब निर्वाचन प्रचार अभियानमा थिए, निर्वाचन परिणाम आफुले नस्वीकार्न सक्ने अभिव्यक्तिले उनको महत्वाकाक्षां देखाएको थियो । त्यति मात्रै होइन उनले आफ्नो जीतकालागि परिणाम आफुले नस्वीकार्ने एउटा नयाँ हतियार प्रयोग समेत गरेका थिए । अक्सर अब चुनावमा जानु पूर्व हरेक देशमा जे परिणाम आए पनि स्वीकार्छौं भन्ने प्रचलनलाई उनिले चुनौती दिए ।
प्रसगं जोडौं विश्व राजनीति कसरी अगाडि बढ्ला भनेर –
यो नै यतिबेलाको सबैभन्दा बढी महत्वको विषय हो । युरोपबाट बेलायत छुट्टिने र बेलायतमा फेरी कन्जरभेटिप पार्टी सत्तामा पुगेको छ, चीनमा एउटा बरियतामा पुगि सकेको नेतालाई फाँसि दिएर चिनियाँ राष्ट्रपति सी जिनपिङले आफुलाई शक्तिशाली बनाएको परिवेश अनि भारतमा हिन्दुत्वको वकालत गर्नुका साथै जतिबेला पनि जस्तोसुकै निर्णय लिन सक्ने नरेन्द्र मोदीको दवदवा, खाडी देशहरुको आर्थिक चलखेल अनि अर्कातर्फ आतंकवादका विरुद्धको कारवाही र संसारैभरी प्राकृतिक श्रातेमाथिको सबैको चासो त्यसैगरी उत्तर एटलान्टिक सहयोग संगठनको चासो यी र यस्ता सबै परिघट्नाले कतै विश्व युद्धकालागि माहोल बन्दै जाने त होइन ? गम्भीर सवाल खडा गरेको छ ।
प्रकृतिमा वर्षात हुन वा जाडो अनुभव गर्न वा गर्मी नै महशुस हुन् मौसम मिल्नु पर्ने हुन्छ । अनि गाडीको गियर बदल्नलाई समेत मौसम मिलाउनु पर्ने आवश्यकता हुन्छ, कतै विश्व युद्ध वा चरम राजनीतिक ध्रुवीकरणको अवस्था आउने त होइन अब ? यो एउटा हाईपोथेटिकल थ्रेट मात्रै पनि मान्न सकिन्छ ।
यी र यस्ता धेरै आशंकाहरुकाबीच राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि को महाभियोगले कस्तो सन्देश जाने हो विश्व समुदाय पर्ख र हेरमा अडिएको छ ।