बाँके र बर्दियामा ‘एटीएफ’

 

नेपालगञ्ज – राजसंस्था र हिन्दु राष्ट्रको लागि आवाज उठाउन बाँके र बर्दियामा एटीएफ (एनी टाइम फोर्स) गठन गरिएको छ ।
केन्द्रीय संयोजक सन्तोष राजावादीको उपस्थितिमा बाँके र बर्दियामा एटीएफ गठन भएको हो । बाँकेमा पवन थापा र बर्दियामा प्रेम कुँवरको संयोजकत्वमा एटीएफ गठन भएको छ । राजालाई बोकेर दरबारमा लैजाने मिसनका साथ गठन भएको एटीएफले बैदेशिक रोजगारमा गठिएका र समाजमा भएका विकृतिका विरुद्धमा काम गर्दै आएको छ ।एटीएफले छिट्टै केन्द्रीय अधिवेशन हुँदैछ । त्यसका लागि जिल्लाहरुमा संयोजकमात्रै तोकिएको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !