बर्दियापछि बाँकेबाट घिउ तस्करी !

नेपालगञ्ज – पहाडी जिल्लामा संकलन गरेको घिउ भारतमा तस्करी हुने गरेको पाइएको छ ।
सुर्खेतलगायत पहाडी जिल्लाबाट संकलन गरेर ल्याउने घिउ बाँके र बर्दियाबाट भारतमा तस्करी हुने गरेको हो ।
बाँके प्रहरीले गएराती नाका पार हुँदै गरेको ठूलो मात्रामा घिउ बरामद गरेको छ । १४ वटा साइकलमा घिउ राखेर लगिदै थियो । प्रहरीलाई देखेपछि तस्करहरु घिउ छोडेर भागेका थिए । प्रहरीले बरामद भएको घिउ भन्सार कार्यालयमा बुझाएको छ ।
केही समय अघि बर्दियाबाट घिउ बरामद भएको थियो । बर्दियामा बरामद भएको ७० टिन घिउ परीक्षणका लागि पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !