करुणाले सुनाउदै कविता
काठमाडौं – लामो समयदेखि कविता र सिर्जनामा साधना गरिरहनु भएकी कवि करुणा राईले काठमाडौमा कविताहरु प्रस्तुत गर्ने हुनु भएको छ ।
नेपाली वाङ्मय परिषद र गोर्खा बुक्सले आयोजना गर्ने सो कार्यक्रम आउने माघ ११ गते काठमाडौको बागबजारस्थित होटल हार्दिकमा हुनेछ । राईले आफ्ना चर्चित तथा लोकप्रिय कविताहरु कार्यक्रम बनेको हो ।
कला र साहित्यको उद्गम थलो धरानमा कविता लेखनमा साधना गरिरहनु भएकी राईको बरण्डामा तिमी, रुख कविता यो बेला निक्कै चर्चित छन् । भोजपुरको याक्कुमा जन्मेकी राई सुन्दर कवि तथा आख्यानमा कलम चलाउनुहुन्छ । पछिल्लो समय केही सुस्ताए झैं देखिने करुणा एक्कासी एकल कविता वाचनमा प्रस्तुत हुँदा अब पुनः करुणाका कविता सिर्जनाले निरन्तरता पाउने उनका समकालीन साहित्यकारहरुको बुझाई छ ।
कवि राईले आफु कविता सुनाउन कै लागि काठमाडौ जान पाउदा खुशी लागेको बताउँदै आफ्नो लागि यो अवसरलाई चुनौतीको रुपमा समेत लिएको बताउनुभयो ।