देशभरका पत्रकारको नजर नेपालगञ्जमा

नेपालगञ्ज – नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी चैत्र २१ र २२ मा नेपालगञ्जमा हुने निर्णयसँगै बाँके फेरी एकपटक देशभरीका सञ्चारकर्मीहरुको नजरमा परेको छ ।
तीन–तीन वर्षमा हुनु पर्ने युनियनको महाधिवेशन कार्यअवधि सकिंदा पनि नभएको अवस्थामा तोकिएको मिति र समयमा हुने कुरामा आशंका कायमै रहँदा यो विषयले नेपाली काँग्रेसनिकट लोकतान्त्रिक खेमाका सञ्चारकर्मीहरुमा उत्साह थपेको छ ।
यस अघि पोखरामा सम्पन्न आठौं महाधिवेशनमा शिव लम्साललाई पराजित गर्दै बर्दियाका बद्री सिक्देल अध्यक्षमा चुनिएका थिए । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशनमा पार्टीका अन्य भातृ संस्था जस्तै पार्टीको शतप्रतिशत हस्तक्षेप नभएपनि पार्टी नेतृत्व आ–आप्mना पक्षका पत्रकारहरुलाई पदमा स्थापित गराउन कसरत गर्ने गर्छन् ।
देशभरीबाट करिव १५ सय जना केन्द्रिय पार्षदहरुले नवौं महाधिवेशनमा मतदान गर्ने छन् । युनियन यो पटक प्रदेश स्तरीय प्रणालीमा समेत प्रवेश गर्दैछ । केन्द्रिय महाधिवेशनमा १० पुरुष बराबर एक केन्द्रिय पार्षद र ७ महिला बराबर एक केन्द्रिय पार्षद चुनिएर केन्द्रिय समितिलाई मतदान गर्ने छन् । त्यसैगरी विधानमा ब्यवस्था भएबमोजिमका विभिन्न पदहरु पनि थप
हुनेछन् । युनियन महाधिवेशन र जिल्लाका लागि अहिलेसम्म कसैले पनि औपचारिक रुपमा उम्मेद्वारी भने घोषणा गरेका छैनन् ।
प्रेस युनियनको केन्द्रिय अधिवेशन अघि बाँकीरहेका जिल्लाहरुको जिल्ला अधिवेशन सक्नु पर्ने छ । त्यही सक्नु पर्ने जिल्ला मध्ये बाँके पनि एक हो । जिल्लामा क्रियाशील युनियनआवद्ध पत्रकारहरु अहिले जिल्ला अधिवेशनको तयारीमा जुटेका छन् । उनिहरुमाथि केन्द्रको महाधिवेशनको जिम्मेवारी थपिएसँगै उत्साह अनि दबाब रहेको छ ।
केन्द्रको नेतृत्वका लागि आठौं महाधिवेशनमा अध्यक्ष पदमा पराजित शिव लम्साल पनि आकांक्षी रहेको बुझिन्छ । आप्mनो उम्मेद्वारीका विषयमा लम्साल भन्छन –‘म यस पटकको सबै भन्दा बलियो अध्यक्ष पदको दाबेदार हुँ ।’
त्यसैगरी बरिष्ठ उपाध्यक्ष दिपक आचार्य र महासचिव अजयबाबु शिवकोटी लगायतका पदाधिकारीहरुको नाम भावी अध्यक्ष पदकालागि चर्चामा छन् । शिवाकोटी तिनै पत्रकार हुन जसले तत्कालिन सभामुख कृष्णबहादुर महराको यौन काण्डको विषयमा न्युज ब्रेक गरेका थिए ।
यसका अलावा नेपालगञ्जमा महाधिवेशन हुने निर्णयसँगै अन्य केही अनुहारका नाममा सर्वसम्मतिको प्रयास पनि हुन सक्ने सम्भावनाको कुराले सिंगो युनियनमा गर्मागर्मी छ ।
माउ पार्टीको समीकरण जस्तै यसमा पनि अप्रत्यक्ष वा प्रत्यक्ष ढंगले पार्टीको लगाम कसिन सक्ने सम्भावना पनि उत्तिकै बलियो देखिन्छ ।
आठौं महाधिवेशनमा निर्वाचित बद्री सिग्देलको नाममा उतिबेला मूल पार्टीका संस्थापन पक्ष धार र अर्को समूहबीच बनेको जस्तो आन्तरिक सहमति यो पटक फेरी अर्को कोही उम्मेद्वारको नाममा पनि बन्न जान सक्ने सम्भावना उत्तिकै बलियो छ । यद्यपी अध्यक्ष पदका आकांक्षीहरु निर्वाचन नै हुने अपेक्षा राखिएको अनौपचारिक कुराकानीमा बताउँछन ।
पोखरामा सम्पन्न आठौं महाधिवेशनको तयारीकालागि तत्कालिन अध्यक्ष किरण पोख्रेलले कार्यवहाक अध्यक्षको जिम्मा उतिबेला उपाध्यक्ष बद्री सिक्देललाई सुम्पिएका थिए ।
केन्द्रमा जस्तै जिल्लामा पनि नेतृत्वका लागि आकांक्षीहरु आ–आफुले छलफल र लविङ शुरु गरेका छन् । बाँकेमा क्रियाशील युनियन आवद्ध पत्रकारहरु मध्य निर्वाचन प्रक्रिया वा सर्वसम्मत कसरी चयन हुने कुरा अहिलेको चर्चाको विषय बनेको छ ।
जिल्ला नेतृत्वका लागि चेतकान्त भट्टराई, अर्जुन ओली र नविन गिरी लगायतका आकांक्षीहरु रहेको बुझिएको छ ।
प्रेस युनियनको हालको केन्द्रिय समितिमा उपमहासचिव प्रेम केसी सहित दिपा आले र जयसिंह के.सीले प्रतिनिधित्व गरिरहेका छन् । त्यसैगरी पोखरामा सम्पन्न आठौं महाधिवेशनमा केन्द्रिय समितिका लागि बाँकेबाट चुनाव लडेका नरेन्द्र थापा र बसन्त शर्मा पराजित भएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !