कोरोनाबाट बर्दियाका ७१ वर्षीय पुरुषको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमित पुरुषको भर्ना भएको भोलीपल्टै मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नं. ६ का ७१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
माघ १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको ११ गते राती १०.३० बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँके जिल्लामा उपचार गराउन आउदा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३८ जना पुगेको छ ।