बाल सुधार गृहलाई सय थान कम्बल

नेपालगञ्ज – जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले बाल सुधार गृहमा कम्बल वितरण गरेको छ ।
डुडुवा गाउँपालिकाको आसमानपुरमा रहेको बाल सुधार गृहलाई समितिले सय वटा कम्बल वितरण गरेको हो ।
विपद व्यवस्थापन समितिका सदस्य सचिव प्रशासकीय अधिकृत रामकुमार सोनकर, सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वली, अधिवक्ता बसन्त गौतमले बाल सुधार गृहमै पुगेर वार्डेन मलखे सिंहलाई कम्बल हस्तान्तरण गर्नु भएको हो ।


बाल सुधार गृहमा एक सय ७४ जना रहेका छन् । बाल सुधार गृहमा रहेका बालक÷किशोरलाई छालाको समस्या रहेको पाइएकाले छिट्टै औषधीसहितको स्वास्थ्य शिविर लैजाने प्रशासकीय अधिकृत सोनकरले जानकारी दिनुभयो ।
समितिले ६ सय थान कम्बल किनेर चिसो प्रभावितलाई वितरण गरिरहेको छ । यसअघि प्रहरी कार्यालयका थुनुवा, निल सागर बृद्ध आश्रम, बागेश्वरी मन्दिर परिसरमा बसेका विपन्नलगायतलाई कम्बल वितरण गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !