७६ जना थपिए, २६ जना डिस्चार्ज
नेपालगञ्ज – बाँकेमा दुई वटा ल्याबमा ७६ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कोहलपुर मेडिकल कलेज र बागेश्वरी ल्याबमा एक सय १३ जनाको परीक्षण गर्दा ७६ जनामा कोरोना पुष्टि भएको हो । ७६ जनामध्ये ६२ जना बाँके जिल्ला निवासी रहेका छन् ।
कोहलपुर मेडिकल कलेजमा ४९ जनामा ३१ र बागेश्वरी ल्याबमा ६४ जनाको परीक्षण गर्दा ४५ जनालाई कोरोना देखिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ४८ पुगेको छ । यहाँको अस्पतालमा एक जना सिकिस्त, ३२ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जिल्लामा आइतबार २६ जना डिस्चार्ज भएका छन् ।