नाकामा ३९ जनालाई कोरोना

नेपालगञ्ज – नेपालगञ्ज नाकामा ३९ जनालाई कोरोना देखिएको छ ।
भारतबाट आएका ६ सय ७५ जनाको जाँच गर्दा ३९ जनामा कोरोना पुष्टि भएको नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी हेमन्त रानाले जानकारी दिनुभयो ।
भारतबाट फर्किने सबैको कोरोना जाँच गर्ने गरिएको छ । स्वास्थ्यकर्मी रानाका अनुसार, यहाँ दैनिक साढे सात सयसम्म जाँच हुने गरेको छ ।


नाकामा विहान बढी भीडभाड हुने गरेको छ । भारतका विभिन्न ठाउँबाट आएका व्यक्तिलाई कोरोना देखिएपछि नेपालगञ्जस्थित बाल मन्दिर आइसोलेसन केन्द्रमा ल्याएर राख्ने गरिएको छ । यहाँबाट सम्बन्धित पालिकामा पठाउने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !