कोहीलाई पनि देखिएन कोरोना
नेपालगञ्ज – बाँकेमा ५६ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना देखिएन ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका तीन वटा ल्याबमा ५६ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना पुष्टि भएन ।
भेरी अस्पतालमा १५, कोहलपुर मेडिकल कलेजमा ३२ जना र बागेश्वरी ल्याबमा नौ जनाको जाँच गरिएको थियो ।
आइतबार बाँकेमा दुई जना डिस्चार्ज भएका छन् ।