टोपी दिवसमा टोपी लगाएर साइकल यात्रा
नेपालगञ्ज – नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवसको अवसरमा साइकल यात्राको आयोजना गरिएको छ ।
ढाकाटोपी सहित साइकलमा उपस्थित क्लबका सदस्यहरु सहभागी रहेको उक्त साइकल यात्राको उद्घाटन वीपीचौकमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं..२ का अध्यक्ष सुनिलसिंह हमालले गर्नुभएको थियो।
नेपालगञ्ज शहरलाई साइकलमा परिक्रमा गर्दै टोपी दिवस मनाइएको थियो । हाम्रो मौलिक पहिचानको रूपमा रहेको ढाका टोपी हामीले प्रबर्द्धन र यसको पहिचानलाई उजागर गर्नु नै यो साइकल यात्राको उद्देश्य रहेको क्लवका अध्यक्ष सतिश निरौलाले बताउनुभयो ।
नेपालगञ्ज साइक्लिङ क्लबका बरिष्ठ उपाध्यक्ष सुरेन्द्रदिप कार्कीको अध्यक्षतामा उक्त साइकल यात्राको समापन गरिएको थियो।
नेपाली ढाका टोपी नेपाल र नेपालीको पहिचान भएको र यसलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन यस साइकल यात्राले मद्दत पुर्याउने बिश्वास क्लबको रहेको छ।