५० जनाको जाँच गर्दा एक जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा ५० जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कोहलपुर मेडिकल कलेजमा ३६ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको हो । कोरोना देखिएका व्यक्ति सल्यान जिल्लाका हुन् ।
भेरी अस्पतालमा ८ जना र बागेश्वरी ल्याबमा ६ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा सक्रिय संक्रमित १० जना रहेका छन् । बाँकेमा एक जना डिस्चार्ज भएका छन् । पछिल्लो केही दिन यता कोरोना संक्रमण न्यून देखिएको छ । बुधबार ४९ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको थिएन ।