तीन जनालाई कोरोना
नेपालगञ्ज – बाँकेका ल्याबमा गरिएको परीक्षणमा तीन जनालाई कोरोना देखिएको छ । कोरोना देखिएकाहरु बाँके, बर्दिया र कैलाली जिल्लाका छन् ।
भेरी अस्पतालमा १६ जनाको जाँच गर्दा तीन जनालाई कोरोना देखिएको हो । कोहलपुर मेडिकल कलेजमा २२ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना देखिएन । जिल्लामा शनिबार एक जना डिस्चार्ज भएका छन् । जिल्लामा सक्रिय संक्रमित १७ जना रहेका छन् ।