तीन महिलासहित ३५ जनाले रक्तदान गरे

नेपालगञ्ज – नेपालगञ्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अपरान्हसम्म स्वयम्सेवी रक्तदाताहरु पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मी लगायत तीन जना महिलासहित ३५ जनाले रक्तदान गरेका छन् ।
ग्रेस ग्लोबल टे«डिङ प्रालि, कारकाँदौको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगञ्ज नगर समितिकी अध्यक्ष दिला शाह र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी शुरु भएको थियो । जनमतले आफ्नो रजत वार्षिकोत्सव २०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरि रगतको अभावमा छट्पटाइरहेका गरीब, असहाय र दूर दराजबाट आउने विरामीहरुलाई लक्षित गरेर रक्तदान महादानको पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो ५१ औं श्रृङ्खला हो ।
कार्यक्रम संयोजक पवन जायसवालका अनुसार, रक्तदान गर्नेहरुमा पत्रकारहरु शंकर प्रसाद खनाल, झलक गैरै, भगतराम थारु, शम्भुप्रसाद थारु, भिष्म लोध, चन्द्रेश्वर त्रिपाठी, मनमोहन वर्मा, स्वयम्सेवी रक्तदाता नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज नगर समितिकी अध्यक्ष दिला शाह, जानकी गाउँपालिका वार्ड नं.५ का वडाध्यक्ष रमेशकुमार वर्मा, सुश्री स्वेता विष्ट, सुश्री सुस्मिता परियार, लक्ष्मणप्रसाद चमार, रेडक्रसका प्राविधिक होमराज गिरी, भगवान शरण यादव, नारायणप्रसाद मौर्या, मेघराज जिएम, रोहित गुप्ता, चर्चित युवा कलाकार प्रमोद डिजी, गौतमप्रसाद पौडेल, लक्ष्मणकुमार वैश्य, धर्मेन्द्र सिंह, पवनकुमार वैश्य, विनोदकुमार वैश्य, निरन थारु, कुलेन्द्र विश्वकर्मा, गप्फार अली शेष, सागर भट्ट, राम बाबु बढही, विवेक पराजुली, दिनेशकुमार वर्मा, रामकुमार बढही, गुरुदीन यादव, रुस्तम अली दर्जी लगायत ३५ जनाले रक्तदान गरेका छन् ।
सो अवसरमा रक्तदाताहरुलाई ग्रेस ग्लोबल टे«डिङ प्रा.लि.का सञ्चालकद्वय वेद प्रकाश सिंह ठकुरी र रणबहादुर शाहीले रक्तदान कार्यक्रमको लागो अंकित ज्याकेट वितरण गर्नु भएको थियो ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित लुम्विनी प्रदेशका प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा होमराज गिरी, सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, खगेन्द्र भट्टराई, हरि बहादुर दर्लामी, बैकुण्ठ रेग्मी लगायतले प्राविधिक सहयोग गरेका थिए भने कार्यक्रममा आकाश जायसवालले सहयोग गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !