५९ जनाको परीक्षण गर्दा ५ जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा ५ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, ५९ जनाको परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको हो । ५ जनामा चार जना बाँके जिल्लाका रहेका छन् ।
भेरी अस्पतालमा २९ जनाको जाँच गर्दा ५ जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा २२ र बागेश्वरी ल्याबमा आठ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन । बाँकेमा मंगलबार एक जना डिस्चार्ज भएका छन् ।