खजुराका १ सय २५ परिवारलाई राहत बितरण

नेपालगञ्ज – कोरोनाबाट प्रभावित भई रोजगारी गुमाउन बिबश खजुराका १ सय २५ बिपन्न परिबारलाई ग्रुप फर टेक्निकल एसिस्टेन्सले चामल, खानेतेल दाल सहितको खाद्य सामाग्री बितरण गरेको छ ।
गिभ टु एशियाको सहयोगमा खजुरा गाउँपालिकासँंग समन्वय गरेर प्रति परिबार चामल १ बोरा, चना २ केजी, आलु २ केजी, प्याज २ केजी, नुन १ प्याकेट, खाने तेल १ लिटर, सोयाबडी १ प्याकेट, चिनी २ केजी, मसाला १ प्याकेट र कोभिड किट १ सेट बितरण गरेको ग्रुप फर टेक्निकल एसिस्टेन्सका सचिब भोलानाथ चौधरीले बताउनुभयो ।
ग्रुप फर टेक्निकल एसिस्टेन्सले करिब दुई महिना पहिले नेपालगञ्ज उपमहानगरपालिकासंँग समन्बय गरेर नेपालगञ्जमा पनि ३ सय गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !