बाहिरी जिल्लाका चार जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा बाहिरी जिल्लाका चार जनामा कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बर्दिया, सुर्खेत र दैलेख जिल्लाका व्यक्तिमा कोरोना देखिएको छ ।
कोहलपुर मेडिकल कलेजमा ४० जनाको जाँच गर्दा तीन जना र बागेश्वरी ल्याबमा १७ जनाको जाँच गर्दा एक जनामा कोरोना देखिएको छ । भेरी अस्पतालमा २२ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा शुक्रबार कोरोना संक्रमित थपिएन भने डिस्चार्ज पनि कोही भएका छैनन् । बाँकेमा अब सक्रिय संक्रमित ९ जना रहेका छन् ।