पति काँग्रेस, पत्नी राप्रपा
नेपालगञ्ज – राजनीतिमा एउटै परिवारका सदस्यहरु उही पार्टीका विभिन्न तह र पदमा भागबण्डा लिइरहेका त हुन्छन् नै तर बाँकेको एउटा त्यस्तो परिवार छ जुन परिवारमा लोकतन्त्रको उच्चतम सदुपयोग गरिएको देखिएको छ ।
नेपालगञ्जको यो परिवार जुन परिवार राजनीतिको ‘लिगलिगे’ दौडमा छन्, त्यो नेपालगञ्जको पुरानो बस्ती गडरियनपूर्वाको श्रेष्ठ परिवार हो ।
नेपाली काँग्रेस, बाँकेका पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ बाँके क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिध चुनिएका छन् । उनका जेठा छोरा देबेन्द्रमान श्रेष्ठ खजुरा गाऊँपालिका अन्तर्गत वडा नं. ५का वडा अध्यक्ष छन् उनि पनि प्रदेश प्रतिनिधि चुनिएका छन् । माइला छोरा रबिन्द्रमान श्रेष्ठ क्षेत्र नं.२ बाट काँग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका छन् र (रबिन्द्रमान धर्मपत्नि) बुहारी पवित्रा सुब्बा श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि चुनिएकी छन् ।
कुनै बेला स्व. सुशील कोइराला नजिक रहेका श्रेष्ठ परिवार यतिबेला शेरबहादुर देउवा निकट छन् । काँग्रेस केन्द्रिय सदस्य किशोर सिंह राठौरको सूचिमा क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि चुनिएका रबिन्द्रमान ब्यापारी हुन् ।
उनकी धर्म पत्नि सुब्बा श्रेष्ठ राप्रपाको केन्द्रिय सदस्यको महिला खुल्ला कोटामा केन्द्रिय सदस्य पदमा चुनाव लडिरहेकी छन् ।