विभिन्न जिल्लाका चार जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा चार जनालाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकाहरु बाँकेलगायत विभिन्न जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका दुई वटा ल्याबमा ५६ जनाको परीक्षण गर्दा चार जनालाई कोरोना देखिएको हो ।
कोहलपुर मेडिकल कलेजमा ३६ जनाको जाँच गर्दा चार जनालाई कोरोना देखिएको छ । भेरी अस्पतालमा २० जनाको जाँच गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा कोरोनाका सक्रिय संक्रमित नौ जना रहेका छन् । सिकिस्त विरामी ५ जना र मध्यम खालका तीन जना रहेका छन् ।