बाहिरी जिल्लाका दुई जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा दाङ र सुर्खेतका एक-एक जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, जिल्लाका तीन वटा ल्याबमा ५३ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो । मंगलबार बाँकेको कोहीलाई पनि कोरोना पुष्टि भएन ।
भेरी अस्पतालमा २२ जनाको परीक्षण गर्दा एक जना र कोहलपुर मेडिकल कलेजमा २३ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा ८ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा अब आठ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार एक जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !