बाँकेमा एआरटी सेवा लिने ५ सय २६ जना

नेपालगञ्ज – ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ भन्ने मूल नाराका साथ बुधबार ३४ औं विश्व एड्स दिवस मनाइएको छ ।
दिवसको अवसरमा बाँकेमा पनि सरोकारवालाहरुले प्रभातफेरि निकालेका छन् । हरेक वर्ष डिसेम्बर १ मा एड्स दिवस मनाउने गरिन्छ ।
स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन मानव नेपालीका अनुसार, बाँकेमा अहिले ५ सय २६ जनाले नियमित एआरटी सेवा लिइरहेका छन् ।
१ हजार ३ सय ३४ जनामा एचआइभी एड्सको संक्रमण रहेको छ । वि.स. २०७४/७५ मा १ हजार १२, ७५/७६ मा १ हजार १ सय १, ७६/७७ मा १ हजार २ सय १७ र ७७/७८ मा १ हजार ३ सय ३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ ।
सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम बढ्दो रहेको छ । सरकारले सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !