बाँकेमा एक अर्ब ९७ करोडको धानमा क्षति
नेपालगञ्ज – कात्तिक पहिलो साता ठूलो पानी प¥यो । यो बेला किसानले कतै धान काटिसकेका थिए । कतै काट्ने तरखरमा थिए ।
केही दिनको लगातार पानीले काटेको र काट्न ठिक्क परेको धानमा ठूलो क्षति पु¥यायो । धानको भण्डार मानिने बाँके र बर्दियामा पानीले ठूलो नोक्सानी ग¥यो । आफ्नै आँखा अगाडि हेर्दा हेर्दै कतै धान बगे त कतै डुब्यो र उम्रियो ।
बेमौसमी पानीले बाँकेमा आधा बढी धान नोक्सान भएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बाँकेमा करिव २० हेक्टरमा लगाएको धान नोक्सान भएको जानकारी दिनुभयो । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुने गर्दछ । जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांक हेर्दा आधा बढी धानबालीमा क्षति पुगेको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले १९ हजार आठ सय हेक्टरमा लगाइएको ८५ हजार मेट्रिक टन बढी धानमा क्षति पुगेको छ । पैसामा जोड्दा यो क्षति एक अर्ब ९७ करोड रुपैया हुन्छ ।
किसानको वर्षभरी भात खाने धानबाली नष्ट हुँदा सरकारले उनीहरुलाई उचित क्षतिपूर्तिका लागि अहिलेसम्म खासै केही गर्न सकेको छैन । सरकारले किसानलाई राहतका लागि मापदण्ड बनाएर प्रक्रियाहरु अघि बढाएको ढकालले बताउनुभयो । ‘अहिलेसम्म कागजातहरु मिलाउने काम भइरहेको छ, स्थानीय तहमा पनि मापदण्ड पुगेको छ, ढकालले भन्नुभयो ।
डुवानमा परेर धान झ¥यो । पराल पनि भिज्यो । किसानले सकेसम्म बचाउने प्रयास गरे । काटि नसकेका धानमा शतप्रतिशत नोक्सानी भएको छैन । त्यस्ता धानलाई काटेर उच्च ठाउँमा राखिएको थियो । अहिले खेतबारी हेर्दा किसानले खेतमै ठेसर लगाएर परालमा आगो लगाइरहेको देखिन्छ । ‘धान पनि राम्रो भएन । परालसमेत बस्तुले नखानेखालको छ । घरमा लैजाने र राख्ने दुःख गर्नु भन्दा खेतमै जलाइदिएपछि मल हुन्छ भन्ने बुझाईमा किसान पुगेका छन्, बाँके इन्द्रपुरका रहु खाँ भन्नुहुन्छ, धेरै किसानले खेतमै परालमा आगो लगाएका छन् ।’
यतिखेला खेतबारीमा हेर्दा जताततै परालमा आगो लगाएको देखिन्छ । यसो हुनुमा पराल राम्रो नहुनु एउटा कारण हो भने पशु पाल्न कमी हुनु अर्को कारण मानिन्छ । पछिल्लो समयमा प्रायः किसानले ट्याक्टर लगाएर खेती गर्छन् ।
जिल्ला कृषि ज्ञान केन्द्रले धानको क्षति निकाले पनि परालको क्षति निकालेको छैन । ‘धानकै क्षति निकाल्न लागिएको छ । परालको निकालिएको छैन, कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले भन्नुभयो, परालमा पनि धेरै बिग्रिएको छ ।’
यो वर्षमा समयमा पानी परेको र सिक्टा नहरबाट पनि पानी छोडिएकाले बाँकेमा राम्रो धान फलेको थियो । खाद्यान्नमध्येको धानबालीमा आत्मनिर्भर रहेको बाँकेमा कात्तिकको पहिलो साता परेको अविरल वर्षाले ठूलो नोक्सानी पु¥याएको छ । धानबालीमा ठूलो क्षति व्यहोरेका किसान सरकारले अहिले राहत देला भनेर पर्खिरहेका छन् ।