६२ जनाको जाँच गर्दा ५ जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा ६२ जनाको परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तीन वटा ल्याबमा ६२ जनाको परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ३६ जनाको परीक्षण गर्दा दुई जना र कोहलपुर मेडिकल कलेजमा १८ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा ८ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन ।
कोरोना देखिएका ५ जनामध्ये बाँके जिल्ला निवासी एक जना रहेका छन् । बाँकेमा नौ जना सक्रिय संक्रमित रहेका छन् । दुई जना सिकिस्त र ७ जना मध्यम खालका रहेका छन् ।