बाँकेबाट एमालेको पाँच जना केन्द्रीय सदस्य
चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले ३ सय एक जनाको केन्द्रीय कमिटि घोषणा गर्दा बाँकेका पाँच जना परेका हुन् ।
बाँकेबाट मो. हारुन, शान्ति ढकाल, सूर्य ढकाल, दिपा शर्मा र पशुपतिदयाल मिश्र केन्द्रीय कमिटिमा परेका छन् ।
मो. हारुन निवर्तमान केन्द्रीय सदस्य हुन् । एमालेको भातृ संगठन मुस्लिम संगठनहरुमा काम गरिसकेका छन् । शान्ति ढकाल महिला नेतृ हुन् । उनी अनेमसंघलगायत पार्टीमा सक्रिय छन् । सूर्य ढकाल पुस ५ पछिका नेकपा एमाले, बाँकेका अध्यक्ष भएका थिए । उनी विद्यार्थी राजनीतिबाट आएका हुन् । दिपा शर्मा अनेरास्ववियुबाट पार्टी राजनीतिमा आएकी छन् । पशुपतिदयाल मिश्र हालै एमालेमा प्रवेश गरेका स्वतन्त्र राजनीतिक समूहका नेता हुन् । मिश्रले गएको निर्वाचनमा सूर्य चिन्हबाट बाँके क्षेत्र नं. २ को संघीय चुनावमा प्रतिस्पर्धा गरेका थिए । मधेस आन्दोलनका अगुवामध्येका मिश्र बाँकेका पूर्व जिविस सभापति हुन् ।