कांग्रेस क्षेत्र नं. २ को मतदान प्रक्रिया स्थगित

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेको क्षेत्र नं. २ को निर्वाचन स्थगित भएको छ ।
एउटाको मत अर्कोले हाल्ने विषयमा भएको विवाद मिल्न नसकेपछि मतदान प्रक्रिया भोली शुक्रबार विहान नौ बजेसम्मका लागि स्थगित गरिएको छ ।
विहान नौ बजेदेखि गर्ने भनिएको मतदान विवादले हुन सकेको थिएन । दिनभरीजसो नै विवाद नमिलेपछि भोलीसम्मको समय दिइएको छ । शुक्रबार विहानसम्म पनि सहमति नभए विधान अनुसार मतदान प्रक्रिया अघि बढाइने निर्वाचन अधिकारीहरुले बताएका छन् । विधानमा विरामी, अशक्तले मतदान गर्न नसक्ने भए उसले इच्छाएको व्यक्तिले मतदान अधिकृतको रोहबरमा मत दिने व्यवस्था गरिएको छ । डुडुवाका मतदाताले आफै मत हाल्न नसक्ने भएकाले त्यस्ता पाँच जनाको एक जनाले मत हाल्न पाउनु पर्ने एक पक्षको अडान थियो । त्यसलाई अर्को पक्षले मानेको छैन ।
क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा वीरेन्द्रबहादुर शाह र रमेश गुप्ताको प्यानलसहित प्रतिस्पर्धा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !