८० जनाको परीक्षण गर्दा तीन जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा ८० जनाको परीक्षण गर्दा तीन जनालाई कोरोना पुष्टि भएको छ । कोरोना देखिएका तीन जनामध्येमा दुई जना बर्दिया र एक जना बाँके जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कोहलपुर मेडिकल कलेजमा ३८ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना देखिएको छ । भेरी अस्पतालमा ३५ र बागेश्वरी ल्याबमा ७ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा १९ जना सक्रिय संक्रमित रहेका छन् । चार जना सिकिस्त, नौ जना मध्यम र एक जना भेन्टिलेटरमा उपचार भइरहेको छ । बिहीबार दुई जना डिस्चार्ज भएका छन् ।