राजमार्गछेउमा बम भेटियो

नेपालगञ्ज – बाँकेमा बम फेला परेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. २, खैरीखोलास्थित बेवारिसे अवस्थामा बम फेला परेको हो । इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज डीएसपी रविन्द्र खनालका अनुसार, पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत खैरीखोला खण्डमा सकेट बम फेला परेको छ । राजमार्गदेखि २० मिटर दक्षिणमा बम फेला परेको छ ।
स्थानीयले बम देखेर प्रहरीलाई खबर गरेका थिए । बम खिया लागेको अवस्थामा रहेको छ । बम निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिएको छ । राँझाबाट नेपाली सेनाको टोली घटनास्थलतिर जादैछ ।
बम कसले किन राख्यो वा पहिला नै छोडिएको हो खुल्न सकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !