दुई जना कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँके र दाङका संक्रमितको मृत्यु भएको छ ।
बाँके बैजनाथ गाउँपालिका वडा नं. ५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक ३० गते पीसीआर गरिएका उनलाई त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो । उनको गएराती ११ बजे मृत्यु भएको छ ।
दाङ गढवा गाउँपालिका वडा नं. ७ का ४९ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । कात्तिक २५ गते पीसीआर गरेर त्यही दिन भर्ना गरिएका उनको आज विहान तीन बजे मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट बाँके जिल्ला निवासी ३ सय ४१ जना र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा ४ सय ३३ जनाको मृत्यु भएको छ ।