‘तिनै तहको चुनाव जिताउने मेरो लक्ष्य हो’

नेपालगञ्ज – पहिलो चरणमा विवादित जिल्लामा परेको बाँके जिल्लाको नेपाली काँग्रेसको विभिन्न तहको अधिवेशन ढिलोगरी शुरु भई अघि बढिरहेको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी अन्तर्गत बाँके जिल्ला भित्र ८ वटै स्थानीय तहमा बुधबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भइसकेको छ । ८ वटा पालिकामध्ये ४ वटामा निर्विरोध कार्यसमिति चयन भइसक्यो ।
नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा आज चुनाव हुँदैछ । नेपालगञ्ज त्रिपक्षीय स्पर्धा छ । विनोद रिजाल, प्रशान्त विष्ट र उमा थापा मगर बीच त्रिपक्षीय प्रतिष्पर्धामा छ । यी तीनै जना सभापतिका आकाङ्क्षिले प्यानलसहित उम्मेदवारी दिएका छन् । उता कोहलपुर नगरपालिकामा पनि संस्थापन र संस्थापन इतरको स्पर्धा रोमाञ्चक देखिन्छ । विरेन्द्र शाह र राजेन्द्र श्रेष्ठबीच कडा प्रतष्पर्धा रहेको छ ।
उता बैजनाथ गाऊँपालिकामा त्रिपक्षीय प्रतिष्पर्धा देखिन्छ । देव बहादुर खत्री, रामबहादुर विष्ट र केशर खड्का सभापतिका पदका तर संस्थापन समुहकै बीच लडाँई छ ।
देशकै सबभन्दा ठूलो गाउँपालिका राप्तीसोनारी स्थानीय तहमा दुई पक्षवीच प्रतिष्पर्धा छ । भिमबहादुर राना क्षेत्री र तुलाराम खत्री नेतृत्वका दुई समूह चुनावी मैदानमा छन् ।
सबै उम्मेद्वारका मोबाइल नम्बर अति ब्यस्त छन् ।
मनोनयन दर्ता गरेपछि बुधबार अबेर राति डेस्कको सम्पर्कमा आएका नेपालगञ्ज शहरलाई पार्टीको नेतृत्व गर्ने आकाङ्क्षि मध्येका एक बिनोद रिजालले हतार हतार फोनमा भने, मेरो उम्मेद्वारीको एक मात्र लक्ष्य उप महानगरमा आगामी तीनै तहको निर्वाचनमा काँग्रेसका सबै उम्मेद्वारलाई जिताउने हो ।
रिजालले फोन सम्पर्कमा थपे, म नेविसंघ र तरुण दल जस्तो सशक्त संगठनको उत्पादन हुँ, संगठन चलायमान गर्न केही कसर बाँकी राख्ने छैन । बि।संस् २०५८ देखि २०६२ सम्म नेबिसंघ बाँके जिल्ला अध्यक्ष रहिसकेका रिजाल २०४८ देखि २०५० सम्म नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पस नेबिसंघ इकाई कमिटीको उपसभापति थिए । रिजाल २०७२ देखि हालसम्म नेपाल तरुण दल बाँकेको जिल्ला सचिब छन् ।
उता निवर्तमान सभापति बिष्टले आँफुले अन्तिम पटक फेरी नगरको नेतृत्व गर्न पाए संगठन थप मजवुत बनाएर नेतृत्व हस्तान्तरण गर्ने बताउँदै आएकाछन् । उनि तेस्रो कार्यकालका लागी स्पर्धामा छन् । त्यसैगरी सभापति कै आकाङ्क्षी थपा मगर पनि नेतृत्वमा महिलाको उपस्थिति महत्वपूर्ण रहने बताउँदै मतदातालाई कन्भिन्स गरिरहेकी छन् ।
यी तिनै जना नेपाल विद्यार्थी सँघका उत्पादन हुन । यी ३ मध्ये रिजाल सबै भन्दा पुराना विद्यार्थी नेता हुन । बिष्ट र थापा उनलाई पछ्याउँदै आएका नेवि संघकै अनुहार हुन् ।


error: यो सुविधा उपलब्ध छैन !