६० जना जाँच्दा दुई जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा ६० जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कोरोना पुष्टि भएका दुवै जना बाँके जिल्ला निवासी हुन् । दुई जना कोरोना संक्रमित थपिदा बुधबार तीन जना डिस्चार्ज भएका छन् ।
भेरी अस्पतालमा २९ जनाको जाँच गर्दा दुई जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा १८ जना र बागेश्वरी ल्याबमा १३ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन । बाँकेमा अहिले ३० जना सक्रिय संक्रमित रहेका छन् । तीन जना सिकिस्त, १० जना मध्यम र एकजना भेन्टिलेटरमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !