१५ जना संक्रमित भेटिदा बाँकेका दश जना
नेपालगञ्ज – बाँकेका तीन वटा ल्याबमा १५ जनालाई कोरोना देखिएको छ । ५३ जनाको जाँच गर्दा १५ जनामा कोरोना देखिएको छ । कोरोना देखिएका १५ जनामध्ये १० जना बाँके जिल्ला निवासी छन् ।
भेरी अस्पतालमा १४ जनामा चार जना, कोहलपुर मेडिकल कलेजमा २१ मा दश र बागेश्वरी ल्याबमा १८ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ ।
अन्य दिनको तुलनामा बिहीबार बाँकेका संक्रमित बढी देखिएको छ । जिल्लामा अहिले २९ जना सक्रिय संक्रमित छन् । सिकिस्त ६ जना, मध्यम १४ जना र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बिहीबार एक जना डिस्चार्ज भएका छन् ।