‘मरिमाता’ पुगे मन्त्री हमाल
नेपालगञ्ज – लुम्विनी प्रदेशका नवनियुक्त वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले सोमबार गृह जिल्ला बाँके पुगेर पूजा अर्चना गरेका छन्।
कोहलपुर-७, लखनवास्थित ‘मरिमाता’ मन्दिरमा उनले पारिवारसहित पूजाआजा गरेका हुन्। करिब १६६८ बर्ष पुरानो मरिमाता मन्दिर २०४६ सालमा रामेश्वरप्रसाद निगमले जिर्णोदार गरेका हुन्।
त्यसक्रममा हमालले जीवनका सहज र असहज सबै परिस्थितिमा आफू यो मन्दिरमा आइरहने बताए।
पूजामा बाँकेका पूर्व सभापति रणेन्द्रबहादुर हमाल (भाईराजा)की श्रीमती उत्तम हमाल सहित मन्त्री हमालको परिवारक पूजामा कांग्रेस बाँकेका कार्यकर्ताहरू पनि सहभागी थिए। ओलम्पियन खेलाडी समेत रहेका हमाल मन्त्री भएपछि सोमबार पहिलो पटक गृह नगर आएका हुन्।
नेपाल तरुण दल नेपालगञ्ज उपमहानगर कमिटिका तर्फबाट नगर अध्यक्ष सन्दिपजङ्ग शाह नेतृत्वको युवा समूहले फूलमाला सहित हवल्दारपुरमा स्वागत गरेका थिए ।
त्यस लगत्तै मन्त्री हमाल मन्दिरतर्फ लागेका थिए ।