१२ जना थपिए, नौ जना डिस्चार्ज
नेपालगञ्ज – बाँकेमा सोमबार १२ जना कोरोना संक्रमित थपिएका छन् ।
यहाँका तीन वटा ल्याबमा एक सय १५ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकामध्ये ७ जना बाँके जिल्ला निवासी रहेका छन् ।
भेरी अस्पतालमा ४७ जनामा ८ जना, कोहलपुर मेडिकल कलेजमा २७ जनाको परीक्षण गर्दा चार जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा ४१ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा सोमबार ९ जना डिस्चार्ज भएका छन् । जिल्लामा ५६ जना सक्रिय संक्रमित रहेका छन् ।