नौ सय थान मोबाइल बरामद

नेपालगञ्ज – बाँके प्रहरीले नौ सय थान मोबाइल बरामद गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट प्रहरीले चोरीपैठारी गरी ल्याएको ६ लाख ३० हजार बराबरको नौ सय थान मोबाइल बरामद गरेको हो ।
बरामद गरिएको मोबाइल भारतीय बजारबाट भन्सार छलेर ल्याइएको बाँके प्रहरीले दावी गरेको छ । प्रहरीले बरामद भएको मोबाइललाई भन्सार कार्यालयलाई बुझाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !