मेरो विवाह

बाजुरादेखि फर्किएपछि पुनः रामजानकीमा पढाउन थालेँ । घरपरिवारबाट मेरो विवाहको चर्चा चल्न थाल्यो । २०५१ वैशाखमा टाढाका हजुरबुबा कोहलपुरमा घडेरी किन्न आएका थिए । उनी हाम्रो घर पनि आए । भलाकुसारीकै क्रममा
आमाले मेरो बिहेको कुरा पनि उप्काउनु भयो । ती हजुरबुबाले एउटी सुन्दर र सुशील कन्या देखेको भन्दै कुरा चलाऊँ भनेर सोधे । आमाले हुन्छ भनिदिनुभयो ।
आमाले भैरहवाकी एउटी कन्या पनि हेर्नुभएको थियो । अरू केही कन्याका तस्बिर पनि मलाई देखाइयो । भैरहवाकी कन्या राम्रै थिइन् । तर, उनका आँखा खैरा थिए । त्यो मलाई मन परेन । भाउजूहरूले पनि मन नपराएपछि अस्वीकृत भयो ।
ती हजुरबुबाले चितवन शारदानगरमा प्रस्ताव अघि सार्नुभएछ । नजिकै मेघौली पनि कुरा पुगेछ । त्यहाँबाट विवाहको प्रस्ताव आयो । निर्णय लिन अलि सकसै भयो । हामीले अभिभावक मानेका नारायण सरलाई बोलायौँ ।
एकपटक केटी हेर्ने टुङ्गो लाग्यो । केटीका बुबा आफैँ प्रस्ताव लिएर आएकाले उनीसँगै बस चढेर मेघौली गइयो ।
साझा बस चढेर हामी नारायणघाटमा ओर्लियौँ । त्यहाँबाट मेघौली जान अर्को बस चढ्नु पथ्र्यो । नारायणघाट–मेघौली पनि नेपालगन्ज–कोहलपुरजस्तै थियो । दूरी छोटो, यात्रा लामो । दुई घन्टै लाग्ने । कन्या हेर्न हिँडेको त्यो यात्रामा मनमा अनेक कुरा खेलिरहेका थिए । त्यसभन्दा धेरै यात्राको सास्ती थियो ।
हामी पुग्दा घरमा साँझको खाना पाकिसकेको थियो । कस्तो अचम्म ? परिकार पनि मलाई मन पर्ने मात्र थिए । कोहलपुरमै थाहा पाएर खबर गरेजस्तो । घरै पुगेर बिहेको प्रस्ताव गर्ने शान्तिका बुबा हुँदो रहेछ । उहाँ स्टिल अथोरिटी अफ इन्डिया लिमिटेड (सेल)मा काम गर्नु हुन्थ्यो ।
शान्तिले भारतको उडिसामा पढेकी रहिछन् । उनलाई बोलाइयो र छुट्टै कुरा गर्ने व्यवस्था गरियो । कहिल्यै देखभेट नभएको केटी जीवनसाथी बन्न योग्य छ कि छैन, एकछिनको कुराकानीमा निर्णय लिन त्यसै पनि गाह्रो हुन्छ । सुरुमा कुरा थाल्नै असजिलो । को पहिले बोल्ने रु केटाले बोल्नुपर्छ भन्ने सुनेको थिएँ । त्यसैले मौनता तोड्दै सोधेँ, ‘सन्चै हुनुहुन्छ रु’
उनले टाउको हल्लाइन् । पढाइका कुरा भए । उनका तर्फबाट कुनै प्रश्न नआएपछि म आफैँ अघि सरेर गफ दिएँ, भारतमा क्रिकेट खेलेको सुनाएँ ।
मैले जे सोध्थँे, उनले जवाफ फर्काउँथिन् । अहिले सम्झिँदा पनि हाँसो उठ्छ, साँच्चै हामी कुराकानी गर्दै थियौँ कि म एकोहोरो शान्तिको अन्तर्वार्ता लिइरहेको थिएँ । र्को कोठामा सालीहरूको कल्याङकुलुङ सुनिरहेको थिएँ । उनीहरूले
मेरो जुँगाको चर्चा गरेका रहेछन् । केटी हिस्सी परेकी सुन्दर लागिन् । मैले मनमनै जीवनसंगिनी पाएको अनुभूति गरेँ । तर, आमाले ‘नाइ’ भने हाम्रो बिहे सम्भव थिएन । त्यसैले घर फर्किने बेला मैले एउटा तस्बिर मागेँ । उनले क्याम्पस पढ्दाको फोटो दिइन् । त्यो अहिले पनि मसँग छ । कोहलपुरबाट मैले चिट्ठी पठाएँ । त्यो पनि शान्तिले सुरक्षित राखेकी रहेछिन् । फोन नम्बर मागेँ । त्यो बेला अहिलेजस्तो घरघरै फोन र हातहातै मोबाइल थिएन । गोपाल लम्साल दाइको घरमा फोन थियो, मैले त्यही नम्बर दिएँ । त्यही फोनमा कुराकानी गर्दै हामीले बिहेअघि नै प्रेम हुर्काइसकेका थियौँ ।
माघमा जनै सुपारी गरियो । त्यसका लागि म, आमा र ठूल्दाइ मेघौली गयौँ । लमी बनेका शारदानगरका हजुरबुबा पनि आए । माघ २१ गते श्रीपञ्चमीमा विवाहको साइत जु¥यो ।
जनै सुपारी गरेर घर फर्किंदा धेरै दुःख पाइयो । नेपाल बन्दले मेघौलीदेखि नारायणघाटसम्म पैदल हिँड्नु प¥यो । जनै सुपारीमै यति दुःख पाइयो, विवाहमा झन् के हुने हो रु त्यसैले जिपमा १०–१२ जना गएर छरितोसँग बिहे गर्ने टुङ्गो गरियो । तर, घर आएपछि जिपमा मान्छे नअट्ने देखियो । छुटाउनै नसकिने धेरै नातेदार र इष्टमित्र थिए । अन्त्यमा बस लिएर जाने भइयो ।
माघ २१ गते बिहे गर्ने टुङ्गो लागेको थियो । टाढाको बिहे, सबेरै जन्ती निस्किए । तर, शमशेरगन्ज नपुग्दै टायर पन्चर भयो । टायर फेर्नै डेढ घन्टाभन्दा धेरै लाग्यो । जन्ती ढिलो हुँदै जाँदा उता आत्तिएछन् । भरतपुर पुगेपछि पीसीओबाट खबर गरियो । मेघौली पुग्दा साँझ परिसकेको थियो । रातीको बिहे थियो, रातभर लगाएर बेहुली अन्माइयो ।
मण्डपमा दुलही र उनकी काकाकी छोरी उडिसा भाषामा खासखुस गर्दै थिए । म भाषा बुझ्थेँ । तर, कसैले बुझ्दैन भन्ठानेर उनीहरू गफिएका थिए । खिदिरपुरमा म उडिसाभाषीको सङ्गतमा हुर्किएको थिएँ । शान्तिले जन्ती ढिलो आएकामा गुनासो गर्दै थिइन् । सालीले जिस्क्याउँदै थिइन्, ‘भेना त कालै रैछन् नि दिदी ?’
कालो भनेपछि मलाई चस्स छोयो । मैले मुस्कुराउँदै उडिसा भाषामै भनिदिए, ‘अनुहार कालो भएर केही हुन्न । मन त सेतै छ ।’ मैले उडिसामा बोलेको सुनेर उनीहरू झसङ्ग भए । अघिदेखिको खासखुस कुरा सबै बुझेछ भनेर कालोनीलो भए । रातीको बिहे भएकाले नाचगान पनि धेरै भयो । बेहुली लिएर माघ २२ गते हामी घर फक्र्यौं । २३ गते प्रीतिभोज गरेर जन्तीमा छुटेकाबाट आशीर्वाद लिइयो । र, जीवनको नयाँ यात्रा आरम्भ गरियो ।

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको अंश हो यो । कोहीलाई यो पुस्तक चाहिएमा ९८५१०९३२३४ मा सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !