१० जना पोजिटिभ, १७ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा १० जनालाई कोरोना देखिएको छ ।
जिल्लाका तीन वटा ल्याबमा ६३ जनाको परीक्षण गर्दा १० जनामा कोरोना देखिएको हो । कोरोना देखिएकामध्ये बाँके जिल्ला निवासी ७ जना रहेका छन् ।
भेरी अस्पतालमा सात जनाको परीक्षण गर्दा २ जना, कोहलपुर मेडिकल कलेजमा २६ जनाको परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा ३० जनाको परीक्षण गर्दा तीन जनामा कोरोना देखिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेले जानकारी दिएको छ ।
जिल्लामा बुधबार १७ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !