दश जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा दश जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा ७८ जनाको परीक्षण गर्दा १० जनामा कोरोना देखिएको हो । कोरोना देखिएकामध्ये ९ जना बाँके जिल्ला निवासी रहेका छन् ।
भेरी अस्पतालमा ३६ जनाको परीक्षण गर्दा ९ जना, कोहलपुर मेडिकल कलेजमा २५ जनाको जाँच गर्दा एक जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १७ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन ।
जिल्लामा ८३ जना सक्रिय संक्रमित रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !