सीसीटीभीमा निगरानी गरिरहन्छन् इन्चार्ज

नेपालगञ्ज – नेपालगञ्जको जमुनाहा नाकाका प्रहरी हप्ता दिनअघि चर्चामा रहे । ‘कालापहाडे’सँग पैसा उठाएको पाइएपछि जमुनाहाका इन्चार्जसहित १८ जना प्रहरी तानिए ।
जमुनाहामा इन्चार्ज मिनबहादुर विष्टसहितको नयाँ टोली पठाइयो । नयाँ टोलीलाई ‘साख’ जोगाउने चुनौती रहेको छ । इन्चार्ज विष्टलाई अवसर र चुनौती दुवै रहेको छ । विष्टले यतिबेला बाहिरी तस्करीमात्रै होइन, आफ्नै कर्मचारीमाथि निरन्तर निगरानी गरिरहेका छन् ।
जमुनाहा नाकामा सीसीटीभी एउटा चालु अवस्थामा थियो । विष्ट गएपछि तीन वटै चालु अवस्थामा बनाइएको छ । इन्चार्ज विष्ट सीसीटीभीमा बाहिरको दृश्य नियालिरहेका देखिन्छन् ।


‘मैले यहाँबाट कसले कहाँ के गरिरहेको छ भन्ने सबै निगरानी गर्छु, इन्चार्ज विष्टले भन्नुभयो, म आउनु अघि एउटा सीसीटीभी थियो । मैले तीन वटा चल्ने बनाएको छु । यहीबाट कसले के गरिरहेको छ सबै देखिन्छ ।’
यो नाकामा आएका इन्चार्ज विरलै सेडुअल अनुसार परिवर्तन भएका छन् । अधिकांश कारबाहीमा परेर तानिएका छन् ।
‘मेरो लागि चुनौती र अवसर दुवै छन् । काम गरेर देखाउनु छ, म त्यसमा लागिरहेको छु, इन्चार्ज विष्टले भन्नुभयो, गलत काम हुन दिन्न ।’
दशै मान्न फर्किने नेपालीको भीड बढेको छ । नाका खुलेकाले सीमावर्ती बजारमा किनमेल गर्न जानेको भीड उस्तै छ । यो भीडमा नेपाल प्रहरीमात्रै सुध्रिएर हुनेवाला छैन । सँगै रहेको सशस्त्र प्रहरी र भन्सार कर्मचारी पनि सुध्रिन जरुरी छ । इन्चार्ज विष्टले एउटा टोलीले जाँच गरेपछि त्यसलाई अर्को टोलीले नहेर्ने व्यवस्था मिलाएको बताउनुभयो ।


नेपालगञ्ज नाकामा भारतबाट फर्किएका नेपालीलाई खोप लगाएर पठाउन थालिएको छ । एन्टिजेन जाँच चैत्रदेखि नै चलिरहेको छ । भारतबाट फर्किएका धेरैजसो नेपालीले उतै खोप लगाएको पाइएको छ । कसैले दुवै डोज लगाएका छन् भने कसैले एक डोज । उनीहरुले खोप लगाएको कार्ड देखाउने गरेका छन् । खोप नलगाएका व्यक्तिलाई भेरोसेल खोप लगाएर पठाउने गरिएको छ । २१ देखि ३० दिनभित्र दोस्रो डोज आफ्नै पालिकामा गएर लगाउन भनिएको छ । एन्टिजेन जाँच निरन्तर चलिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !