कोहलपुर महोत्सव दुई दिन थपियो

कोहलपुर – बाँकेको कोहलपुरमा जारी महोत्सवको अवधि थपिएको छ । माघ ५ गतेसम्म सञ्चालन
गर्ने भनिएको महोत्सव प्रतिकुल मौसमका कारण २ दिन थप गरिएको महोत्सव सञ्चालक मूल समारोह समितिका संयोजक हेमबिक्रम जिसीले जानकारी दिनुभयो ।
लगातारको वर्षाका कारण गत शुक्रबार (माघ ३ गते) एक दिन महोत्सव स्थगित गरिएको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको आयोजनामा पौष २४
गतेदेखि कोहलपुरस्थित खुल्ला मैदानमा तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, एवम् पर्यटन महोत्सव सञ्चालन भइरहेको छ ।
दर्शक र ब्यापारीहरुको मागका कारण महोत्सव थप गरिएको आयोजकले जनाएको छ । स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालय बाँकेबाट महोत्सव अवधि थपका लागि अनुमति प्राप्त भएसँगै आगामी माघ ८ गतेसम्म महोत्सवको समयसीमा थपिएको जिसीले जानकारी दिनुभयो ।
करीब डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा ब्यापारीक स्टलका साथै साँस्कृतिक तथा थारु संग्राहलयको समेत ब्यवस्था मिलाइएको छ । महोत्सव अवधिभर एकदेखि डेढ करोडसम्म कारोवार गर्ने लक्ष्य राखिएको महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका महासचिव सीएम उपाध्यायले बताउनुभयो । महोत्सवमा ब्यापारीक, होटल ब्यवसाय, हस्तकलाका सामग्री तथा घरेलु उत्पादनका ३०० स्टल राखिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !