साझालाई जिताउने राजपाको प्रतिबद्धता

नेपालगञ्ज – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई जिताउने प्रतिबद्धता व्यक्त गरेको छ ।
राजपा पार्टी कार्यालय, रानीतलाउमा आइतबार साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका अध्यक्षका उम्मेदवार ललितकुमार रौनियारलाई स्वागत गर्दै राजपा नेपालले आसन्न नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनावमा साझा प्रजातान्त्रिक समूहका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन भूमिका खेल्ने प्रतिबद्धता जनाएको हो । त्यस क्रममा राजपाका केन्द्रिय उपाध्यक्ष विजय कुमार गुप्ता, सहमहामन्त्री कृष्ण खरेल, राप्रपा नेपालका जिल्ला अध्यक्ष लक्ष्मीनारायण बर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम शर्मा लगायतले उम्मेदवारहरुलाई जिताउन खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्नुभएको थियो ।
राजपाले यसअघि नै विज्ञप्ति जारी गरेर साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारलाई समर्थन गर्ने जनाइसकेको छ । संघको माघ ११ गते चुनाव हुँदैछ ।


error: यो सुविधा उपलब्ध छैन !