१२ जनालाई देखियो कोरोना

नेपालगञ्ज – बाँकेमा १२ जनालाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका १२ जनामध्ये चार जना बाँके जिल्ला निवासी रहेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, जिल्लाका तीन वटा ल्याबमा ७० जनामा गरिएको परीक्षणमा १२ जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा २९ जनाको परीक्षण गर्दा ६ जना, कोहलपुर मेडिकल कलेजमा २८ जनाको जाँच गर्दा ६ जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १३ जनाको परीक्षण गर्दा कोहीलाई पनि कोरोना देखिएन ।
बिहीबार जिल्लामा तीन जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !